टेलिकमले ल्यायाे एसईई विद्यार्थीकाे लागि निशुल्क सिम: ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएस
gadgetframe.com · Sat Aug 22 03:04:00 UTC 2020
काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको छ । साथै यदि कुनै विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने त्यही सिममा अफर उपलब्ध गराउने व्यवस्था टेलिकमले गरेको छ ।