बैंगलोरलाई हराउँदै हैदरावाद क्वालिफायरमा
baahrakhari.com · Fri Nov 06 18:00:00 UTC 2020
काठमाडौं । सनराइजर्स हैदरावाद यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरको छ । शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले हराउँदै हैदरावाद क्वालिफायर्समा प्रवेश गरको हो ।
शेख जायद क्रिकेट स्टेडियममा बैंगलोरले जितका लागि दिएको १३२ रनको लक्ष्य हैदरावादले १९ ओभर ४ बलमा चार विकेट गुमाउँदै १३२ रन बनाउन सफल भयो । हैदरावादका लागि केन विलियमसनले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विलियमसनले २ चौका र २ छक्काको सहयोगमा ५० रनको योगदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)