जुम्लामा चट्याङले एकको मृत्यु, पशुधनमा क्षति
nagariknews.nagariknetwork.com · Thu Jul 02 04:30:44 GMT 2026

बुधबार परेको चट्याङले जुम्लामा मानवीय तथा पशुधन दुवैतर्फ गम्भीर क्षति पुर्याएको छ। हिमा गाउँपालिका–२ मा पर्ने छोटाखर्सु भन्ने लेखमा एनसेल टावरमा नजिकै झण्डै साँझ साढे ५ बजे अचानक परेको चट्याङले एक युवाको ज्यान लिएको छ, भने दुई जना सामान्य घाइते भएका छन्।
सोही घटनामा १२–१५ वटा भेडा मरेको स्थानीयले बताएका छन्। उता चन्दननाथ नगरपालिका १० को सिद्धि गणेश सामुदायिक वनमा परेको अर्को चट्याङले पाँच किसानका १२ वटा खसीबाख्राको मृत्यु भएपछि पशुधनमा आश्रित परिवारमाथि थप आर्थिक संकट थपिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)