सरोकार टिभी दोस्रो वर्षमा प्रवेश, जनताको मनमा बस्न सफल
reportersnepal.com · Thu Apr 23 17:44:32 UTC 2020
काठमाडौं, ११ वैशाख । सरोकार टेलिभिजनले आफ्नो स्थापनाको एक वर्ष पुरागरी दोस्रो वर्षमा प्रवेश गरेको छ। अघिल्लो वर्ष लोकतन्त्र दिवसकै दिन स्थापना भएको सरोकार टेलिभिजनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमनागरिकको हितमा जिम्मेवार सञ्चार संस्थाको रुपमा आफुलाई उभ्याएको छ। यस च्यानलले छोटो समयमै आफुलाई नागरिकको रोजाईको टेलिभिजन बनाउन सफल भएको छ।
यस टेलिभिजनका कार्यक्रम तथा समाचार उत्पादन तथा प्रसारणमा आफ्नोपनको आभास भेटिनुका साथै विविधता भेटाउन सकिन्छ । सरोकार टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमहरुमा सूचना, पर्यटन, विकास, धर्म, संस्कृतिलगायत सम्पूर्ण नेपाल अटाउने कार्यक्रमहरु, जनताको भावनालाई उच्च प्राथमिकता दिई आवाज विहिनहरुको आवाजको माध्यम बनिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)