माइकल जोर्डानको सिगार लिलाममा
baahrakhari.com · Mon Feb 21 16:49:00 GMT 2022
न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित एक लिलाम गृहले खेलकुद क्षेत्रको एउटा अनोठो स्मरणीय वस्तु लिलाम गर्न लागेको छ । त्यो हो बास्केटबलका होनहार खेलाडी माइकल जोर्डनले खाएको सिगारको ठुटा ।
खेलकुदसँग सम्बन्धित वस्तु र चिनोमा विशेषता हासिल गरेका सो लिलाम गृहले एक महिलाले सन् २०२१ म एरिजोना बाल्टिमोर रिसोर्टमा पूर्व एनबिए स्टार जोर्डानसँग भेट्ने क्रममा सो सिगारको टुक्रा संकलन गरेको बताएको छ । ती महिलाले त्यहाँ जोर्डानसँग तस्बिर खिचाउन अनुरोध गर्दा जोर्डानले पिउँदै गरेको सिगार एस्ट्रेमा निभाएका थिए । जोर्डान त्यहाँबाट हिँडेपछि ती महलाले खुसुक्क सिगार टिपेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)