कोरोनाले लडेको देश, बेखबर प्रधानमन्त्री!
pahilopost.com · Mon May 25 17:41:44 UTC 2020
जतिबेला देश कोरोना भाइरस संक्रमणसँग लड्ने तयारीमा थियो ठिक त्यही बेला प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य अवस्थालाई स्थिर बनाउन लडिरहेका थिए। कुरा धेरै पुरानो होइन। गत फागुनको हो। प्रधानमन्त्री ओलीले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउँदा देशमा कोभिड १९ को एउटा केस देखिएको थियो। संक्रमित पनि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका थिए। केही मन्त्रीको भाषामा ' नेपाल कोरोना मुक्त थियो।' नेपालमा कोरोनाले महामारीको रुप नलिनेमा धेरैजना विश्वस्त थिए।
शिक्षण अस्पतालमा प्रत्यारोपणका लागि भर्ना भएका ओलीको स्वास्थ्यलाई लिएर धेरै अड्कल भए। प्रत्यारोपण सफल हुने नहुने आशंकाबीच शल्यक्रिया सफल भयो। शल्यक्रियापछि ओलीले नेपाली नागरिकलाई स्पष्ट सन्देश दिए 'अब मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)