दयाहाङ–सौगातको काम गर्ने तौरतरिका
baahrakhari.com · Sat Oct 15 00:10:00 GMT 2022
काठमाडौं । नेपाली रजतपटमा कसको जोडी व्यवसायिक रूपमा सफल छ ? हिरो, हिरोइन अथवा सेम जेन्डरका हेभीवेट कलाकारमध्ये कसको जोडी सफल छ ? धेरै चलचित्रमा उही कलाकार दोहोरिँदैनन् । दोहोरिए पनि लगातार चलचित्र चलेका छैनन् । पछिल्लो समय थिएटरको पृष्ठभूमिबाट आएर बाक्लै रूपमा स्क्रिन सेयर गर्ने कलाकार सेम जेन्डरमा दयाहाङ राई र सौगात मल्ल हुन् । उनीहरूले पनि त्यति धेरै सँगै काम भने गरेका छैनन् । उनीहरूले स्क्रिन सेयर गरेका चलचित्र हुन्, ‘लुट’ सिरिज, ‘फन्को’, ‘कबड्डी’ सिरिज र ‘२ नम्बरी’ ।
यीमध्ये कुन–कुन चले र कुन–कुन चलेनन् ? ‘लुट’ र ‘कबड्डी’ सिरिज राम्रोसँग चले । ‘छड्के’ले इनिसियल दर्शकको साथ पायो । राम्रो हाइप बनाएको ‘फन्को’ हेर्न दर्शकले उत्साह देखाएनन् । बाँकी रह्यो, २ नम्बरी । यो चलचित्रले हलमा दर्शक तानिरहेको छ । बक्सअफिसमा उत्साहजनक ग्रस कलेक्सन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)