सामसङको ग्यालेक्सी ए२१एस बजारमा : मूल्य २४ हजार ९ सय ९९
nepalkhabar.com · Wed Jul 15 17:24:28 UTC 2020
सामसङले २०२० को लागि सबैभन्दा सुलभ दरमा ग्यालेक्सी ए स्मार्टफोनअन्तर्गत ग्यालेक्सी ए२१एस प्रस्तुत गरेको छ । ग्यालेक्सी ए२१एस सामसङ ब्राण्डको उत्कृष्ट विश्वास एवं आकर्षक मूल्यका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी ए२१एस कम्पनीको ए सिरिज लाइनबाट ‘वेष्ट अफ एभ्रिथिङ’को रुपमा ल्याएको कम्पनीको भनाइ छ । यस फोनमा भएको ४८ मेगा पिक्सलको क्वाड क्यामेरा सेटअपले आजका युवा ग्राहकहरूलाई आफ्नो मोबाइलको क्यामेरामा अन–द–गोको अवस्थामा पनि फोटोहरु क्याप्चर गर्न सक्षम तुल्याउँदछ । यसमा भएको ४८ एमपीको मुख्य क्यामेरा तथा अल्ट्रा वाइड लेन्सको साथ ८ एमपीको क्यामराले उत्कृष्ट तस्बिरहरू लिन मद्दत गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)