अमेरिकामा यस्तो छ कोरोना महामारीको पछिल्लो अवस्था
lokpath.com · Sat Jul 11 17:58:57 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ३७ हजार ७३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ३० हजार १ सय १४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३३ लाख २१ हजार ९ सय पुगेको छ । हालसम्म १४ लाख ७५ हजार ५ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ७ सय २० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय २ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)