१५० वर्षदेखिको इतिहास बोकेका जम्मू-कश्मीरस्थित ‘गोर्खा सैनिक’ले ‘मूल निवासी प्रमाणपत्र’ पाउन थाले
livemandu.com · Mon Jul 06 17:55:56 UTC 2020
केन्द्र सरकारको निर्देशनमा जम्मू तथा कश्मीर प्रशासनले डोमिसाइल सर्टिफिकेट (मूल निवास प्रमाण पत्र) जारी गर्ने कार्य प्रारम्भ गरेको छ । अहिलेसम्म दुवै क्षेत्रमा गरी झण्डै ६ हजर ६ सय नागरिकले यो प्रमाणपत्र प्राप्त गरिसकेका छन्, र यो प्रमाणपत्र प्राप्त गर्नेहरुमा अधिकांश भारतीय सेनामा काम गर्ने गोर्खा समूदायका सैनिकहरु रहेका छन् जसको नालीबेली झण्डै १५० वर्ष पुरानो छ । अहिले जम्मू-कश्मीर दुवै ठाउँमा झण्डै १ लाख भन्दा बढी जनसंख्यामा गोर्खा सैनिक रहेका छन् ।
गोर्खा सैनिकहरुलाई त्यहाँको मूल निवास प्रमाण पत्रप्राप्त भएसँगै अब उनीहरुले जम्मू-कश्मीरमा सम्पत्ति खरिद बिक्रि गर्ने कानूनी अधिकार समेत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)