लोकतन्त्र बचाउन घुमाउरो बाटो लिएँ : पूर्वराष्ट्रपति यादव
ekantipur.com · Sat Mar 16 16:53:06 GMT 2024
काठमाडौँ — पूर्वराष्ट्रपति रामवरण यादवले २०६६ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले सत्ता कब्जा गर्ने शैली अपनाएपछि आफूले त्यस बेला मुलुकलाई लोकतान्त्रिक धारमा लान घुमाउरो बाटो लिएको बताएका छन् ।
भारतीय प्राध्यापक एसडी मुनीद्वारा लिखित पुस्तक ‘ड्याबलिङ इन डिप्लोमेसी’ पुस्तकको अन्तर्क्रिया कार्यक्रममा विश्लेषक सीके लालले उक्त घटनामाथि टिप्पणी गरेपछि पूर्वराष्ट्रपति यादवले जवाफ दिएका हुन् । दाहाल नेतृत्वको सरकारले त्यस बेलाका प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउने प्रस्ताव गरेपछि तत्कालीन राष्ट्रपति यादवले स्वीकार गरेनन् । कार्यकारी प्रधानमन्त्रीले गरेको निर्णयलाई संवैधानिक राष्ट्रपतिले रोकेको भन्दै यादवको आलोचना भएको थियो । ‘निश्चय नै त्यस बेला संविधान मिचियो । बाबुरामजीहरुले क्याप्चर गर्न थाल्यो, त्यसपछि मैले घुमाउरो बाटो अपनाएको हुँ । मैले देशलाई लोकतान्त्रिक धारमा लानको लागि थियो,’ उनले भने, ‘उहाँहरु (पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईतिर इंकित गर्दै) त्यस बेला अर्कै धारमा हुनुहुन्थ्यो । मैले त्यो अलि मोडिदिएको हुँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)