र्यापिड टेस्टमा सप्तरीमा २ जना भेटिए कोरोना संक्रमित
nepallive.com · Tue Apr 14 17:54:00 UTC 2020
राजविराज- र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड-१९ परीक्षण गर्दा सप्तरीमा दुई जनाको नतिजा पोजटिभ देखिएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मंगलबार ७ जनाको आरडिटि टेस्ट गरिएकोमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
'७ मध्ये २ जनाको नतिजा पोजेटिभ आएको छ,' अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले भने, 'उनीहरु सप्तरीकै स्थायी बासिन्दा हुन्।' उनीहरु सबैको स्वाबको नमुना संकलन गरी परिक्षण गर्न मंगलबारै धरान स्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)