गुजरातको केमिकल उद्योगमा विष्फोट, ५ जनाको मृत्यु
ratopati.com
एजेन्सी । भारतको गुजरातमा एक केमीकल उद्योगमा विष्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । गुजरातको भरुच जिल्लाको दहेज औधोगिक क्षेत्रअन्तर्गत पर्ने यशस्वी केमिकल उद्योगमा एक्कासि विष्फोट हुँदा ५ जनाको मृत्यु भएको हो । घटनामा थुप्रै मजदुरहरु घाइते भएका छन् ।
विष्फोटपछि औधोगिक क्षेत्र वरिपरि कालो धुँवाको मुस्लो देखिएको थियो । विष्फोटपछि लागेको आगो नियन्त्रण गर्न १२ दमकलको प्रयो गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)