कोरोना जित्ने आशा पलायो
janaaastha.com · Wed Dec 02 17:03:24 UTC 2020
बेलायत कोरोना महामारीबिरुद्धको खोप विकास र प्रयोगको होडबाजीमा पहिलो राष्ट्र बनेको छ । उसले बुधबार फाइजर–बायोएनटेक कम्पनीले विकास गरेको कोभिड–१९ को खोप प्रयोगलाई स्वीकृति दिएपछि सबैले अनुमान गरेको अमेरिकालाई पछि पार्दै पहिलो बनेको हो । यसलाई चिकित्सा विज्ञानको सफलतामा अर्को कोशेढुंगा मानिएको छ ।
बेलायतको मेडिसिन र हेल्थकेयर उत्पादन नियामक एजेन्सी (एमएचआरए) ले दिएको आपतकालीन प्रयोगको स्वीकृतिलाई प्रधानमन्त्री बोरिस जोन्सनले महामारीमा देखिएको आशाको किरण भन्दै यसबाट अब आफ्ना ६ करोड ७० लाख नागरिकलाई तत्काल उक्त खोप लगाउने चुनौतिसमेत थपिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)