प्रचण्डले भेटेपछि ओली पनि पुगे राष्ट्रपति भेट्न शीतल निवास
ratopati.com
नेकपाभित्र विवाद बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई भेटेको बाहिरिएको केही घण्टामै ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि दर्जनौ प्रश्न उनको आलोचना गर्दै छु्ट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवादले थप उग्र रुप लिएको छ । विवादले पार्टी गम्भीर मोडमा पुगेको सन्दर्भमा राष्ट्रपतिले चासो देखाउँदै छलफल तीव्र पारेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)