सकियो ‘क्यान्भसमा मेलुङ प्रदर्शनी’
newsofnepal.com · Thu Jul 02 04:57:48 GMT 2026

काठमाडौँ ।
काठमाडौँको नक्साल स्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सोमबारबाट सुरु भएको ‘क्यान्भसमा मेलुङ प्रदर्शनी– २०८३’ सकिएको छ । दोलखाको मेलुङ गाउँपालिकाका बिभिन्न धार्मिक एवम् सांस्कृतिक सम्पदा, जीवन शैली, कृषि, बन, वातावारण लगायतका विषयमा कलाकारहरुले बनाएका चित्र प्रदर्शनीमा राखिएको थियो । मेलुङ गाउँपालिका, नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठान र चरिकोट मिडिया फाउण्डेशनको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा बिभिन्न कलाकाहरुले मेलुङ गाउँपालिकाको स्थलगत भ्रमण पछि बनाएका क्यानस चित्र तथा फोटो पत्रकार जीवन लामाका मेलुङ सम्बन्धि फोटोहरु राखिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)