प्रचण्ड र ज्ञानेन्द्रलाई सुरक्षाकर्मी घटाउन टोपबहादुर रायमाझीको आग्रह (भिडियोसहित)
reportersnepal.com · Wed May 13 17:32:11 UTC 2020
काठमाडौं, ३१ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूले अहिलेसम्म एक जना पिएसो राखेको र धेरै सुरक्षाकर्मी नराखेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले यस्तो बताएका हुन् ।
उनले भने-“मलाई धेरै सुरक्षाकर्मी राख्ने चाहना भएन् । राष्टलाई धेरै फजुल खर्च गराउन मन लागेन । राष्टलाई धेरै बोझ हुन्छ भनेर मैले लिईन् । जनताको सुरक्षापनि गर्नुपर्यो ।” उनले कतिपय नेताहरुले आफ्नो सुरक्षाकर्मी अलिक कम लिँदा हुने सुझाव दिएका छन् । उनले भने-“जसरी नेताहरुले सुरक्षाकर्मीहरु राखिरहनुभएको छ । त्यो न्यूनिकरण गर्नुपर्छ । उनले आजको दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सय जना सुरक्षाकर्मी आवश्यक नभएको जिकिर गरे । उनले भने, त्यो जनतामा विश्वास नभएर हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)