अफगानिस्तानसँग पराजित हुँदै इंग्ल्याण्ड च्याम्पियन्स ट्रफीबाट बाहिरियो
onlinekhabar.com · Wed Feb 26 17:21:56 GMT 2025
१४ फागुन, काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो ।
अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । जो रुटले सर्वाधिक १२० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान जस बट्लर र बेन डकेटले समान ३८ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)