झाँक्रीपानीमा पूर्वाधार बनेपछि पर्यटक आकर्षित
dcnepal.com · Tue Oct 27 16:51:43 UTC 2020
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् ।
पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास (होमस्टे)सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले दश लाख र गाउँपालिकाले एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी व्यवस्थापनमा सो बजेट परिचालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष कोमल थापाले बताए। होमस्टेमा दैनिक चालीस जना बास बस्न सक्ने क्षमता छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)