प्रधानमन्त्रीको प्रयास कात्तिकमै चुनाव
ekantipur.com · Wed Jun 01 00:33:41 GMT 2022
काठमाडौँ — स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय निर्वाचनको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै निर्वाचन गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार नगर्न सुझाव दिएका छन् ।
संसद्को चुनाव पाँच वर्षअघि १० र २१ मंसिरमा भएको थियो भने आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागुनमा मात्र दिएको थियो । संसद् सदस्यहरूले फागुन २० मा मात्र शपथ लिएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा कांग्रेसकै नेताहरू एकमत छैनन् । कांग्रेसकै कतिपय नेताहरू फागुनमा मात्र निर्वाचन गराउनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भने यथासक्य छिटो गर्ने पक्षमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)