भदौबाट सार्वजनिक यातायात नखोले संक्रमितहरू निजी गाडीबाट काठमाडौं भित्रिन्छन्ः यातायात व्यवसायी
setopati.com · Mon Aug 10 17:12:00 UTC 2020
यातायात व्यवसायीहरूले लामो दुरीका सार्वजनिक यातायात भदौबाट चल्न नदिए निजी गाडीबाट कोरोना संक्रमित काठमाडौं भित्रिने बताएका छन्। सरकारले हवाई उडान र लामो दुरीका यातायात रोक्नू भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
'लामो दुरीमा यात्रा गर्नुपर्नेहरू दसौं गुणा पैसा तिरेर, जोखिम मोलेर, अहिले पनि यात्रा गरिरहेका छन्। बरू स्वास्थ्य मापदण्ड अपनाएर यात्रा गराउने र नाकामा पिसिआर परीक्षण गराएर रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा राखे संक्रमण फैलिँदैन,' उनले सेतोपाटीसँग भने।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)