दिल्लीबाट आएर दुई जमातिको एन्टीबडी पोजेटिभ देखियो
onlinekhabar.com · Tue Apr 14 17:36:44 UTC 2020
२ बैशाख, सप्तरी । भारतबाट फर्किएका दुई जना जमातिमा र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ आएको छ । अब उनीहरुको पीसीआर विधिबाट टेष्ट हुनेछ ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा मंगलबार र्यापिड परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । उनकाअनुसार भारतको जमातिबाट आएका सात जनाको परीक्षण गरिएको थियो, उनीहरुमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)