न्हूदँको पहिलो साँझ काठमाडौंमा यस्तो देखियो म्हपूजाको दृश्य
pahilopost.com · Mon Nov 16 17:33:45 UTC 2020
काठमाडौं : काठमाडौंका नेवार समुदायले सोमबार म्हपूजा गरेका छन्। म्ह अर्थात शरीर। नेपाल संवत् सुरु हुने दिन कछ्लाथ्व पारुको साँझ शरीर वा देयको पूजा गरेर म्हपूजा गर्ने गरिन्छ। यसपटकपनि स्वन्ति (तिहार) मा तिथि विवाद हुँदा काठमाडौं उपत्यकाकामा आइतबार समेत म्हपूजा गरिएको थियो। आइतबार ललितपुर र भक्तपुरमा रहेका नेवार समुदाय र काठमाडौंमा समेत केहीले म्हपूजा गरेका थिए। काठमाडौंमा भने अधिकांशले सोमबार नै म्हपूजा गरेका हुन्।
म्हपूजा नेवार समुदायको मौलिक संस्कृति हो। शंखधर साख्वा: ले जनताको ऋणमोचन गरेर नेपाल संवत् प्रारम्भ हुनुअघि देखि नै म्हपूजा गर्ने चलन सुरु भइसकेको इतिहास छ। पछिल्लो समय भने बिहान न्हूदँ (नयाँ वर्ष) नेपाल संवत् को स्वागत गर्दै साँझ म्हपूजा गर्ने गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)