मन्त्रीका छोराहरुलाई देखेपछि प्रहरी फरक्कै
hamrakura.com · Thu Jul 23 17:18:00 UTC 2020
काठमाडौं। सरकारले लकडाउन खुल्ला गरेको छ। मन्त्रीपरिषदको वैठकबाटै लकडाउन खुल्ला गर्ने निर्णय गरेको हो। तर यो निर्णयसँगै सरकारले कुन कुन संस्थाहरु कसरी खोल्ने भनेर निर्देशिका समेत जारी गरेको छ। विद्यालय कहिले खोल्ने ? सार्वजनिक सवारी साधनहरु चलाउँदा कसरी चलाउने, मन्दिर कहिले खोलिने, रेष्टुरेण्ट कहिले खोलिने र खोलिएका रेष्टुरेण्टहरु कतिबेलासम्म खुल्ला रहने निर्णय मन्त्रीहरुको उपस्थितिमा नै मन्त्रिपरिषदले गरेको थियो। तर यतिखेर पिता मन्त्रीहरुको निर्णय उनीहरुका छोराहरुका लागि तोड्नुपर्ने बिषय जस्तो भएको छ।
लकडाउनकै बेलामा पनि लकडाउन भोग्नु नपरेकाहरुलाई अहिले पनि मन्त्रीपरिषदको निर्णयले छुने कुरा पक्कै भएन। त्यसमा पनि मन्त्रीका छोराहरुनै भएपछि उनीहरुलाई कस्ले छुने? बिहिवार राती नौ बजेसम्म राजदरवार उत्तर ढोकामा रहेको एक रेष्टुरेण्टमा अस्वभाविक भीडभाड देखेपछि दरवारमार्ग प्रहरीले त्यहाँ प्रवेश गरेर रेष्टुरेण्ट बन्द गराउन खोजेको थियो। भिल्ला नामक रेष्टुरेण्टमा रहेका एक ग्राहकले आफूहरु निस्कने बेलामा छिरेको प्रहरी कोरोना महामारीको बेला राती अबेरसम्म रेष्टुरेण्ट खोल्ने भन्दै छिरेपनि उनी धेरैबेर भित्र रहन सकेनन्। गस्तीमा रहेका एक सई भित्र छिरेपनि उनी तुरुन्तै निस्केका थिए। उनी रेष्टुरेण्ट वाहिर निस्के लगत्तै एक प्रहरी निरिक्षक केहि जवान सहित भित्र प्रवेश गरेका थिए। ति ग्राहकले हाम्राकुरालाई बताए अनुसार प्रहरी निरिक्षक भित्र रहेका ग्राहकहरु र रेष्टुरेण्टका मालिकसँग कुरा गर्दै सबैलाई बाहिर जाने भनिरहेका थिए। लकडाउन खुलेपनि कोरोनाको संकट नसकिएको बताउँदै उनले त्यसो भनिरहँदा पनि भिल्लाको माथिल्लो तलाको वरण्डामा रहेका एक समुह भने रमाएरै बसिरहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)