सीएसके छोडेर फर्केका रैनाको भाईको निधन, प्रहरीसंग सहयोगको लागि अपील
dcnepal.com · Tue Sep 01 17:35:50 UTC 2020
काठमाडौं । चेन्नई सुपरकिंग्स छोडेर भारत फर्केका सुरेश रैनाको बारेमा थुप्रै चर्चाहरु भइरहेको छ । यसैबिच रैनाले मंगलबार एक ट्वीट गरी पंजाबका मुख्यमन्त्रि र पंजाब पुलिसलाई सहयोगको लागि अपिल गरेका छन । रैनाले ट्वीटमा लेखे, “पंजाबमा मेरो परिवार संग भएको घटना डरलाग्दो थियो। मेरो अंकलको घटनास्थलमै मृत्यु भयो । मेरो आन्टी र भाईलाई पनि गम्भीर चोटपटक लागेको छ। दुर्भाग्यवस जिवनसंग संघर्ष गर्दा गर्दे हिजो राती मेरो भाइ पनि यो संसारबाट अलविदा भएको छ । मेरो आन्टीको अवस्था अझै पनि गम्भीर अवस्थामा रहेको छ ।”
अर्को ट्वीटमा रैनाले भने, “त्यो रात के भयो हामीलाई थाहा छैन। म यस विषयमा खोजी गर्न पंजाब पुलिसलाई अपील गर्दछु। हामीलाई जान्न पाउने अधिकार छ कि उनीहरूलाई यस्तो अवस्थामा कसले पुर्यायो । ती अपराधीहरुलाई अरु अपराध गर्न छोड्नु हुँदैन।” रैनाले पंजाब सरकारसँग पनि अपराधीमाथि तुरुन्त कडा कारबाही गरिनुपर्ने माग गरेका छन।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)