सेवा बन्द गरेर कार्यालयमै भीड आयोजना
hamrakura.com · Mon Aug 10 17:38:00 UTC 2020
काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै विभागबाट दिँदै आएका सेवा बन्द गरेको छ । विभागले सार्वजनिक गरेको सूचना अनुसार नयाँ प्राइभेट र साझेदारी फर्म दर्ताका कार्यहरु स्थगित गरेको छ । त्यस्तै अत्यावश्यक वस्तु आयात गर्ने बाहेक अन्य व्यापारमुलक प्रकृति भएका प्राइभेट लिमिटेडको इजाजत सम्बन्धि कार्यपनि विभागले स्थगित गरेको जनाएको छ ।
‘सेवाग्राहीको भीडभाडले गर्दा कार्यालयबाट नै कोभिड १९ संक्रमण सर्वसाधरणमा फैलन सक्ने जोखिम बढेको कारण स्थानीय प्रशासनले समेत निषेधाज्ञा र सेवाहरु कटौती गरिरहेको सन्दर्भमा यस विभागबाट प्रदान हुने उक्त सेवाहरु श्रावण २५ देखि भदौ ८ सम्मको लागि सेवाहरु स्थगित गरिएको’ सूचनामा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)