रूसी विपक्षी नेता नाभाल्नी जर्मनीमा उपचारपछि स्वदेश फिर्ता
ratopati.com
एजेन्सी । रूसी विपक्षी नेता अलेक्सी नाभाल्नी उपचारपछि स्वदेश फर्किएका छन् । उनी जर्मनीको राजधानी बर्लिनबाट नियमित उडानमार्फत् रूसी राजधानी मस्को फिर्ता भएका हुन् । गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो ।
फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ । उनलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरुले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उनलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाह अनुसार त्यहीँ आराम गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)