रसिया, स्पेन र इटालीमा कस्तो छ कोरोना संक्रमणको पछिल्लो अवस्था ?
lokpath.com · Fri Jul 03 17:54:01 UTC 2020
काठमाडौं । रसियामा हालसम्म ६ लाख ६७ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ७ सय १८ जनामा कोरोना संक्रमण देखिएको र १ सय ७६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा ९ हजार ८ सय ५९ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ३७ हजार ८ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै स्पेनमा बितेको २४ घण्टामा ४ सय ४२ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ६ सय २५ पुगेको छ । हालसम्म २८ हजार ३ सय ८५ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र थप १७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)