मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शीर्ष स्थानमा लिभरपुललाई ५ अंकको अग्रता

ekantipur.com · Mon Jan 22 00:39:35 GMT 2024

काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रतालाई आइतबार पाँच अंक पुर्‍याएको छ । लिभरपुलले दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा बर्नमाउथलाई भिटालिटी स्टेडियममा ४–० ले हराएको हो ।

डार्विन नुनेज र डिएगो जोटाले लिभरपुलका लागि दोस्रो हाफमा दुई/दुई गोल गरे । यो जितपछि उसको २१ खेलबाट ४८ अंक भएको छ । लिभरपुलका पछाडि म्यानचेस्टर सिटी, आर्सनल र एस्टन भिल्लाको समान ४३ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)