मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जनार्दन शर्मामाथि छानबिन : ‘प्रमाण भेटिएन’ एमालेको फरक मत

gorkhapatraonline.com · Fri Jul 29 00:27:43 GMT 2022

नारायण काफ्ले

काठमाडौँ, साउन १३ गते । वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । बुधबार र बिहीबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ । प्रतिवेदनका निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)