जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा
ictsamachar.com

काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेष गरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको हो ।
फ्ल्यागशिप स्तरका गेमिङ फिचर, उन्नत कुलिङ प्रणाली तथा शक्तिशाली ब्याट्री क्षमतासहित यस स्मार्टफोनले उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । हाइ स्पिड र उत्कृष्ट प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको यस फोनमा १.५के १४४ हर्ज गेमिङ डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिंग इण्डस्ट्रिमै पहिलो पटक प्रयोग गरिएको बिल्ट-इन कुलिङ फ्यान, तथा ८० वाट फास्ट चार्जिङसहितको ६,२१० एमएएच डुअल-सेल ब्याट्री उपलब्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)