एनआरएनले शनिवार भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम गर्ने
reportersnepal.com · Thu Feb 04 17:10:25 UTC 2021
काठमाडौं, २२ माघ । बिभिन्न देशहरुमा अन्तरक्रिया, गोष्ठी, सभा, सम्मेलन गर्दै आइरहेको गैर आवासीय नेपाली संघ कोभिडको महामारीसंग़ै आफ्ना गतिबिधिहरुलाई भर्चुअल माध्यमबाट सक्रिय बनाऊँदै आएको छ। त्यसै अन्तर्गत आगामी ६ तारिक शनिवार संसारभरि रहेका एनआरएनहरुले भर्चुअल माध्यमबाट आत्मीयता साटने भएका छन । जसलाई “NRN Reflection -2021“ नाम दिइएको छ ।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो देखि बर्तमान अध्यक्ष कुमार पन्तसम्मले कार्यक्रममा चुटकिला, मुक्तक , सायरीका साथ मनोरंजनात्मक प्रस्तुतिमा उपस्थिति हुने भएका छन। कार्यक्रममा सबैले आआफ्नो घरमा बसेर मनोरंजनात्मक रूपले उपस्थिति जनाउने छन । एसिया, मिडल इस्ट, अफ्रीका, युरोप, अस्ट्रेलिया तथा अमेरिका क्षेत्रबाट सबै जना पुराना तथा नंया एनआरएनहरु सहभागी हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)