विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु
pahilopost.com · Thu Aug 27 17:16:08 UTC 2020
विराटनगर : धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
बिहीवार सिरहा नगरपालिका १ नम्बर वडाका ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन्। गत ६ गते शनिवार उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका ति व्यक्तिमा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)