मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बायर्न शीर्षमा, बार्सिलोना बाहिरियो

ekantipur.com · Thu Oct 27 01:28:41 GMT 2022

पेरिस — बायर्न म्युनिकले बुधबार युरोपेली च्याम्पियन्स लिगको समूह ‘बी’ को शीर्ष स्थान हात पारेको छ । बायर्नले नु क्याम्पमा भएको खेलमा बार्सिलोनालाई ३–० ले हरायो । समूहको अर्को खेलमा इन्टर मिलानले यसअघि नै भिक्टोरिया प्लाजेनलाई ४–० ले हराइसकेको हुनाले बार्सिलोना प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको थियो ।

बार्सिलोना प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको यो लगातार दोस्रो सिजन हो र अब उसले युरोपा लिग खेल्नेछ । बायर्नको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पभार्डले गोल गरे । यससँगै इन्टर पनि अन्तिम १६ मा पुग्यो । समूह ‘ए’ बाट लिभरपुल पनि नकआउट चरण पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)