आइपिएलमा हैदराबादको सहज जित, चेन्नईको लगातार दोस्रो हार
farakdhar.com · Fri Apr 05 17:24:52 UTC 2024
भारतमा जारी १७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दोेस्रो जित निकाल्नेक्रममा हैदराबादले शुक्रबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हरायो ।
आफ्नो तेस्रो खेलमा चेन्नईले दिएको १ सय ६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । उसका लागि एडन मार्कमले अर्धशतकीय पारी खेले । ३६ बलको सामना गरेका उनले चार चौका र एक छक्काको सहयोगमा ५० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)