कलाकार मनोज गजुरेललाई कोरोना सक्रमण
newspolar.com
काठमाडौ । कलाकर मनोज गजुरेललाई कोरोना सक्रमण भएको छ । गजुरेलले सोमबार साँझ
सामाजिक संञ्जाल फेसबुक मार्फत सक्रमण भएको जानकारी गराउनु भएको हो । गजुरेलले समाजिक संञ्जालमा लेख्नु भएको छ –भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड– १९ पोजेटिभ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने रल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)