४ घण्टा विज्ञलाई सुनेपछि आधा घण्टा बोलेका प्रधानमन्त्रीले भने- हामीले ढिलो गर्यौं
nepallive.com · Wed Jun 03 17:50:00 UTC 2020
काठमाडौं- चैत ११ गते कोरोना भाइरसको संक्रमित देखिन शुरु गरेलगत्तै सरकारले देशभर लकडाउन शुरु गर्यो। यो लक डाउन सातौँ पटक थप हुँदै जेठ ३१ गतेसम्म पुगेको छ। चैत ११ गते, चैत १८,चैत २५, बैसाख ३, बैसाख १५,बैसाख २५,जेठ ५, जेठ २० हुँदै जेठ ३२ गतेसम्म सरकारले लकडाउन वढाउने घोषणा गरेको हो।
यसरी लक डाउन थपिँदै गर्दा सरकारले कोरोना संक्रमण रोक्न सफल भएको दाबी गरिरहेको थियो भने देशमा संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने वृद्धि भइरहेको थियो। संघीय संसदमा उपस्थित भएर सरकार कोरोना संक्रमण रोक्न सरकारको नीति सफल भएको दाबी प्रधानमन्त्री ओलीले गरेका थिए। उनले उक्त सम्बोधन गर्दा तीन जनाले ज्यान गुमाइसकेका थिए। तर प्रधानमन्त्रीको सम्बोधनमा दुई जनाले मात्र ज्यान गुमाएको उल्लेख गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)