निर्वाचन क्षेत्र पूर्वाधार कोषको रकम कोरोना उपचार कोषमा लैजान सचिवालयको सुझाव
baahrakhari.com · Tue Apr 14 17:33:00 UTC 2020
काठमाडौं । संघीय संसद सचिवालयले प्रत्यक्ष निर्वाचित सांसदहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत दिएको रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएको कोषमा लैजान सरकारलाई सुझाव दिएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा खर्च नभएको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउनु उपयुक्त सुझाव आएको भन्दै सो सुझाव सरकारलाई बुझाउने निर्णय गरेको हो । बैठकले त्यस्तो सुझाव कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरी समितिमार्फत सरकारलाई बुझाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)