मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्याङ्जामा प्याजको मुल्य दोब्बर

rajdhanidaily.com · Wed Aug 23 23:41:52 GMT 2023

स्याङ्जा । स्याङ्जामाप्याजको मूल्य दोब्बर भएको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपैयाँ सम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वभाविक रुपमा मूल्य बृद्धि गरेपछि प्याजको मूल्य झण्डै दोब्बर भएको हो ।

६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासी बृद्धि भएपछि स्थानीय उपभोक्ता मारमा परेका छन् । एक हप्तादेखि बजारमा प्याज नभित्रिए पनि स्थानीय बिक्रेताले मनोमानी रुपमा पछिल्ला दिनप्याजको मूल्य बढाएर बिक्रीगर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)