कमलपोखरीमा कंक्रिटको कमल फुलाइँदै !
ekantipur.com · Fri Jan 15 15:57:48 UTC 2021
काठमाडौँ — कमलपोखरीको दलदले हिलोमा कुनै बेला कमल फुलेको देखिन्थ्यो । फोहोर बढ्दै गएपछि कमलको फूल देखिन छाड्यो । काठमाडौं महानगरपालिकाले सुरु गरेको कमलपोखरी सौन्दर्यकरण आयोजनाले पोखरीमा साँच्चिकै कमल फुलाउला भनेर संरक्षणकर्मीले आशा गरेका थिए तर त्यस्तो भएन ।
महानगरले पोखरीको बीचमा कंक्रिटको कमल फुलाउने र त्यसबाट पानीको फोहोरा फाल्ने गरी महानगरले काम अघि बढाइरहेको छ । ‘कंक्रिटको कमल फुलाउँछु भन्नु लज्जास्पद हो,’ संरक्षणविद् रवीन्द्र पुरीले भने, ‘सार्वजनिक सम्पत्तिको ब्रह्मलुट भएको छ । त्यसको अर्को नमुना हो– कमलपोखरी ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)