भारतीय कमसल मल प्रयोग गर्न बाध्य छन् बाराका किसान
newsofnepal.com · Tue Jan 24 00:54:19 GMT 2023
बारा । सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बाराका किसान अवैधरूपमा भित्रिएको न्यून गुणस्तीय भारतीय युरिया मल महँगोमा खरिद गर्न बाध्य भएका छन् । गहुँ र मकैबालीमा हाल्ने सिजनमा पनि सरकारले मल उपलब्ध गराउन नसकेपछि जिल्लाका अधिकांश किसानहरू भारतीय मल खरिद गर्न बाध्य बनेका हुन् ।
नेपाली अनुदानको मल नपाइएपछि किसानहरू भारतीयबाट अवैधरूपमा भित्र्याइएको कमसल मल बढी मूल्य तिरेर किन्न बाध्य भएको कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैंयाका किसान राजु पटेलले बताउनुभयो । ‘अनुदानको युरिया मल प्रतिबोरा ८ सयदेखि ९ सयमा पाइन्थ्यो’, किसान पटेलले भन्नुभयो– ‘तर भारतीय मलमा १ हजार ४ सय रुपियाँसम्म तिर्नुपरेको छ ।’ कमसल नै भए पनि सहजरूपमा उपलब्ध भएपछि जिल्लाका अधिकांश किसानले भारतीय मल प्रयोग गर्दै आएको उहाँको भनाइ छ । ‘राम्रो काम त गर्दैन, तर पनि प्रयोग गर्न बाध्य छौंं’ –पटेलले भन्नुभयो । नेपाली अनुदानको मल जस्तो चाँडै नलाग्ने र भारतीय युरियाले बाली पनि राम्ररी नप्रिएको पटेलको अनुभव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)