मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोल्ट्री व्यवसायीले नेपालकै धूलो दूध किन्ने

abhiyandaily.com

काठमाडौं । पोल्ट्री व्यवसायीले नेपालकै दुग्ध व्यवसायीसँग धूलो दूध (एसएमपी) किन्ने भएका छन् । कोरोना महामारीका कारण दुग्ध व्यवसायीहरूसँग १ वर्षको अवधिमा करीब ३ अर्ब रुपैयाँ बराबरको धूलो दूध मौज्दात हुन पुगेपछि सरोकारवाला निकायहरूले पोल्ट्री व्यवसायीहरूलाई आफूसँग भएको धूलो दूध किनिदिन आग्रह गरेका छन् । हाल जारी निषेधाज्ञाका कारण करीब ६० प्रतिशतले दूधको खपत घटेको छ ।

शनिवार दुग्ध विकास बोर्डले पोल्ट्री व्यवसायमा आबद्ध उद्योगी, व्यवसायी तथा किसानहरूसँग मौज्दात रहेको धूलो दूध किनिदिन आग्रह गरेको हो । बोर्डले गरेको आग्रहमा पोल्ट्री व्यवसायीहरू पनि सकारात्मक भएको बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)