२४ जना संक्रमित देखिएको प्रदेश १ को सुरक्षा व्यवस्था कडा, नेपालमा संक्रमण तेस्रो चरणमा प्रवेश
deshsanchar.com · Tue Apr 21 17:27:54 UTC 2020
कोरोना भाइरस (कोभिड १९) का संक्रमितहरुको संख्या एकाएक प्रदेश एकको उदयपुर जिल्लामा बढ्दै गएको छ। गत शुक्रबार र मंगलबार उक्त जिल्लाबाट २४ जना संक्रमित फेला परेका छन्।
गत शुक्रबार ११ जना संक्रमितलाई उदयपुर ३ स्थित भुल्केको एक मस्जिदमा फेला पारेपछि सशंकित बनेको सरकारले सो क्षेत्रलाई नै कडा सुरक्षाबीच राखेको छ। कोभिड १९ का कुल ४२ जना संक्रमित फेला परेसँगै हाल ४ जना बिरामी उपचारपछि घर फर्किएको अवस्थामा ३८ संक्रमित उपचारका लागि अस्पताल भर्नामा छन्। समुदायमा कोरोना भाइरसको संक्रमण देखिएसँगै मंगलबारदेखि नेपालमा कोरोना भाइरस संक्रमण तेस्रो स्टेजमा प्रवेश गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)