नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर
kendrabindu.com · Thu Jul 02 05:15:09 GMT 2026

काठमाडौं । एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले टे«किङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको प्रविधिसम्बन्धी कम्पनी आइबिएल कम्पनी लिमिटेडका बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा सङ्घका तर्फबाट महासचिव सोनाम ग्याल्जेन शेर्पा र कोरियाली प्रतिनिधिमण्डलका तर्फबाट आइबिएलका प्रमुख कार्यकारी अधिकृत सु डो किमले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)