बाढीबाट प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न ध्यानाकर्षण
ratopati.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लामा भएको प्राकृतिक प्रकोपका पीडितलाई यथाशीघ्र उद्धार र राहत दिनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सिन्धुपाल्चोक, बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै सरकारले छिटोभन्दा छिटो पीडित परिवारको उद्धार गरी राहतको व्यवस्था गर्नुपर्ने अध्यक्ष राणाले सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)