सूचनाकाे हकका बारेमा अझै नागरिक जानकार छैनन्ः उपमेयर सुशिला मिश्र भट्ट
mahendranagarpost.com · Wed Feb 03 17:19:44 UTC 2021
कैलाली- धनगढी उपमहानगरपालिकाका उपमेयर सुशिला मिश्र भट्टले नागरिकहरुले सरकारी कार्यालयबाट अझै सूचना लिन नसकेको बताएकी छन्। धनगढी उपमहानगरपालिकाको संयोेजन, प्याक्ट नेपालको सहजिकरणमा भएको स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिता परियोजना अध्ययनका परिणाम तथा सिफारिस सार्वजनिकिकरण तथा अन्तरक्रिया कार्यक्रममा बुधवार उपमेयर मिश्र भट्टले बताएकी हुन्।
गैरसरकारी संघ संस्थाहरुले पनि समुदायस्तरमा काम सुस्तता गर्ने गरेको र डकुमेन्टेशनको पाटोमा अब्बल बन्ने गरेको पाईएको छ, उपमेयर मिश्र भट्टले भनिन्, “त्यसको सिको कर्मचारीतन्त्रमा पनि परेकाले त्यसको अन्त्य हुनुपर्छ।”
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)