हुम्लाको सर्केगाडमा भीषण आगलागी, १५ घर जले
ekantipur.com · Wed Sep 02 17:31:21 UTC 2020
हुम्ला — जिल्लाको सर्केगाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएको छ । एक घरबाट सुरु भएको आगोले नजिकका अन्य घरहरु जलेको स्थानीय धर्मराज जैसीले बताए । आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेका छन् ।
स्थानीयले ठूलो प्रयास गर्दा पनि राति अबेरसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । 'आगोले वामनवाडाका घरहरु जलिरहेका छन् तर हामीले केही गर्न सकेका छैनौं' जैसिले भने । आगो नियन्त्रणका लागि स्याउला, माटो पानीको प्रयोग गरिएको छ । आगो निभाउन प्रहरी, स्थानीय र रोडिकोट नजिकका गाउँका मानिससमेत लागेको जैसीले बताए । आगलागी भएको गाउँमा १ सय २२ घरधुरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)