प्रचण्डले ओलीलाई भेट्न अनिच्छा देखाउनुका ५ कारण
nepallive.com · Thu Oct 29 17:47:00 UTC 2020
काठमाडौं– नेकपा अध्यक्षद्वयबीचको संवादहीनताको अन्त्य गर्न नेकपाका तीन नेता असफल भएका छन्। नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएका थिए। प्रचण्ड सचिवालयका अनुसार तीनै जनालाई उस्तै जवाफ दिएर प्रचण्डले भेटप्रति अनिच्छा प्रकट गरेका हुन्।
प्रचण्ड सचिवालयका एक सदस्यका अनुसार कोरोना संक्रमित नेता जनार्दन शर्मालाई आफूले भेटेका कारण बालुवाटार नजाने प्रचण्डको भनाइ थियो। तर, संकेतमा उनले प्रधानमन्त्री ओलीलाई भेट्नुका ‘अर्थ’ नभएको दर्शाएका छन्। आफ्ना निकटस्थ नेताहरुसँग कुरा गर्दा भेट्न नचाहेको बुझेपछि अध्यक्ष ओली आफैंले फोन समेत गरेका थिए। तर, प्रचण्डको जवाफ नफेरिएको बुझिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)