विजयप्रकाश मिश्रले भने : अख्तियारलाई रेकर्डिङ डिभाईस बुझाउनुपर्ने भएकोले जापान आएको छु, नेपाल फर्कने फ्लाईट निश्चित भईसकेको छ
reportersnepal.com · Tue Sep 01 18:00:37 UTC 2020
काठमाडौं, १६ भदौ । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाको अडियो प्रकरण बाहिर ल्याउने विजयप्रकाश मिश्रले सहयोगको लागि भन्दै अख्तियारले पठाएको ८२२९ चलानी नम्बरको पत्र हात परेको र सोही पत्रको आधारमा आफू रेकर्डिङ डिभाईस लिनुपर्ने भएकोले जापान पुगेको र नेपाल फर्कने फ्लाईटसमेत निश्चित भैसकेको स्पष्ट पारेका छन् । आफूलाई भागेर जापान गयो भनि लेखिएका समाचार अतिरञ्जित भएको पनि उनले दाबी गरेका छन् ।
मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, अख्तियारीप्राप्त अनुशन्धान अधिकृत र मेरोबीचमा बेलाबेलामा कुराकानी भएको र मैले दर्ता गरेको निवेदनबाट यो कुरा प्रष्ट हुन्छ । उनले उक्त प्रकरण हेर्ने अधिकृत सरुवा भएको र सोही ठाउँमा नयाँ अनुशन्धान अधिकृतको पदस्थापना भएको कुरा आफूले पत्रपत्रिकाबाट जानकारी पाएको पनि जनाएका छन् । नयाँ अधिकृतहरुले आफूलाई सम्पर्क गर्नेछन् भन्नेपनि उनले विश्वास लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)