पर्सामा मृतक वृद्धसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि
onlinekhabar.com · Sun Jul 26 18:02:33 UTC 2020
११ साउन, वीरगञ्ज । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्धसहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगञ्ज–१० आदर्शनगर पुरानो बसपार्कका मृतक ६५ वर्षीय वृद्धसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वृद्धको उपचारको क्रममा गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)